विर्तामोड । झापाको हल्दिबारी–३ मा जंगली हात्तीले लछारपछार पार्दा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ ।
बिहीबार विहान घरछेउको रणकाली सामुदायिक बनमा घाँस काटेर फर्किदै गर्दा स्थानीय ६५ वर्षीय वाङ्दी गुरुङलाई हात्तीको समूहले आक्रमण गरेको थियो ।
हात्तीले लखेटी–लखेटी लछारपछार पार्दै कुल्चदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । झापामा हरेक वर्ष हात्तीले जनधनको क्षति गर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार घटनास्थलमै मृत्यु भएका उनको कानुनी प्रक्रिया गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याउने तयारी भइरहेको छ ।