काठमाडौँ । बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाई एक लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् । उनि साइबर अपराध प्रकरणमा पक्राउ परेका थिए ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश खरेलले दुई वटा मुद्दामा ५०– ५० हजार धरौटीमा छाड्न आदेश दिएको साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए । प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुई वटा साइबर अपराधको मुद्दा दायर भएको थियो ।
प्रसाईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्र हत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको थियो भने सामाजिक सञ्जालमार्फत चरित्र हत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो ।उनलाई गत असोज ६ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।