बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय १७ पुग्यो

विराटनगर । अविरल वर्षासँगको बाढीपहिरो र डुबानमा परी हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ । २८ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ ।

प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको उनले बताए ।

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दु ख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आज (मंगलबार)देखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरूको झण्डा आधा झुकाइनेसरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।

मङ्गलबार, १५ असोज, २०८१, बिहानको ०८:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर