विराटनगर । अविरल वर्षासँगको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १ सय ९२ को पुगेको छ । ३० जना अझै बेपत्ता रहेको गृहमन्त्रालयले जनाएको छ ।
प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको मन्त्रालयले जनाएको छ । .मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीअनुसार बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित गरिएको छ ।
बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए ।