घट्दैछ कोशी व्यारेजको पानी, आवागमनको रोक अझै कायम

विराटनगर । सप्तकोशी नदीमा पानीको बहावले अति खतराको संकेत पार गर्दै साढे ६ लाख ६१ हजार क्युसेकभन्दा बढीको रेकर्ड बनाएर घटिरहेको छ ।

आइतबार मध्यान्हसम्मा पानीको बहाब घटेर ५ लाख ९ हजार क्युसेक प्रतिसेकेण्ड कायम भएको कोशी व्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

उच्च बहावका कारण दुई दिनदेखि ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् भने शनिबार अपरान्हबाट ब्यारेजको पुलमा आवागमन बन्द गरिएको छ । पानीको बहाब उच्च भएपछि ब्यारेज माथिबाटै पानी बगेको थियो । जसको कारण पुलमाथि पनि फोहोर थुप्रिएको थियो ।

अहिले फोहोर सफा गर्ने काम भइहरेको सुनसरी प्रशासनले जनाएको छ । प्लास्टिकका बोतल र लेदोसहितको फोहोर सफा गरेर जोखिम कम भएपछि सवारी साधन र यात्रुहरुको आवागमन खुल्ला गरिने सुनसरी प्रहरीले जनाएको छ ।

सप्तकोशीमा ६ लाख ८१ हजार क्युसेक पानीको बहाव हुने आंकलन बाढी व्यवस्थापन सुधार सहायता केन्द्र पटनाले गरेको थियो । त्यसकै नजिकसम्म पानीको बहाब पुगेर घटेको हो ।

आइतबार, १३ असोज, २०८१, दिउँसोको ०१:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर