३५ बर्षपछि घर फर्केका तामाङलाई पूर्व मुख्यमन्त्रीको सहयोग

भोजपुर । हराएको ३५ बर्ष पछि परिवारको सम्पर्कमा आएका प्रकाश तामाङ आफ्नै पुख्यौली थलो भोजपुरमा कृषि पेशामा संम्लग्न हुने भएका छन् ।

२५ दिन अघि नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री शेरधन राईले तामाङसँगको भेटघाट गर्ने क्रममा आफु भोजपुरमा रहेका बुवाआमा सँगै बस्ने बताएका थिए । भोजपुरको षडानन्द नगरपालिका वार्ड नं. १० थाप्लेगाउँमा तामाङका परिवार रहेको छ । उनको बुवाआमा अर्काकै जमीन जोतभाग गर्दै आएका छन् ।

२५ दिन अघि पुर्व मुख्यमन्त्री राई र उनको धर्मपत्नी जाम्मु इन शेर्पाले भेट गर्ने क्रममा आफुलाई जमीनको आबश्यकता रहेको बताएका थिए । सो बेला पूर्व मुख्यमन्त्री दम्पत्तिले तामाङलाई एक लाख रुपैया सहयोग गर्दै उनको आबश्यकता अनुरुपको सहयोग गर्ने आश्वासन दिएका थिए ।

शुक्रबार पूर्व मुख्यमन्त्री राईले गरेको प्रतिवद्धता अनुसार तामाङले ५ रोपनी ३ आना जमीन पाएका छन् । राई पत्नी शेर्पाको पहलमा तामाङलाई मालपोत कार्यालय भोजपुरमा सो जमीन लिखित पास गरिएको छ । राई पत्नी शेर्पाको नाम रहेको सो जमीन पास गरेपछि तामाङको घरमा भेला भएर लालपूर्जा लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो ।

पूर्व मुख्यमन्त्री राई र उनको धर्मपत्नी शेर्पाले तामाङलाई लालपूर्जा सहित एक थान हाते ट्याक्टर र एक हल गोरु हस्तान्रण गरिएको थियो ।

सो अवसरमा बोल्दै राईले आफूले सकेको सहयोग गरेको बताउँदै सारा यूवा विदेश पलायन भइरहेको बेला आफ्नै भुमिमा केही गर्ने सोच राख्नु सकारात्मक भएको बताए । उनले यस्तो विकट ठाँउमा कृषि पेशा अंगालेर बृद्ध वुवाआमालाई पाल्ने कुराले आफुलाई प्रभावित पारेको उल्लेख गरे ।

सामाग्री हस्तान्रण गर्ने क्रममा राई पत्नी शेर्पाले आफू सामाजिक कार्यमा सक्रिय रहेका जनाउँदै उपलब्ध गरेका सामाग्रीले सदुपयोग भए प्रकाश र उनको परिवारमा आर्थिक अबस्थामा परिवर्तन हुनसक्ने बताइन् । जमीन र अन्य सामाग्री पाएपछि हर्षित देखिएका प्रकाश तामाङले आफुले खेतीपाती गर्ने र बृद्ध बुवाआमालाई पाल्ने बताएका थिए । सो अवसरमा षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदास, समाजसेवी भूपाल राई लगायतले यस खालको सामाजिक कार्यले समाजमा सकारात्मक परिवर्तन हुने जनाएका थिए ।

शनिबार, १२ असोज, २०८१, रातीको ११:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर