आइतबारदेखि तीन दिनसम्म स्कूल र कलेज बन्द

विराटनगर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी पहिरोले देशभर प्रभाव पारेपछि तीन दिन स्कूल र कजेल बन्द गर्ने निर्णय गरेको छ ।

बाढी र पहिरोको असर सबै तिर परेको भन्दै तीन दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको हो ।

यो निर्णय अनुसार आइतबारदेखि मंगलबारसम्म स्कूल र कलेज बन्द हुनेछन् । अधिकांश विद्यालयमा अहिले परीक्षा चलिरहेको छ । विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै स्कूल कलेज तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

देशभर विश्वविद्यालय र स्कुलका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरूद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जानकारी मन्त्रालयमा प्राप्त भइरहेकाले यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

शनिबार, १२ असोज, २०८१, रातीको ०८:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर