कोशीका टापुमा फसेका ३४ जनाको उद्धार हुन अझै सकेन, मुख्यमन्त्री कार्की अनुगमनमा

सप्तकोशीको पानीको बहाब प्रतिसेकेण्ड ५ लाख ३१ हजार क्यूसेक पुग्यो, कोशी ब्यारेजबाट सम्पूर्ण आवत–जावत बन्द

विराटनगर । सप्तकोशीमा पानीको बहाब बढ्ने क्रम अझै जारी छ । अलिहे भर्खरको मापन अनुसार पानीको बहाब प्रतिसेकेन्ड ५ लाख ३१ हजार क्यूसेक पुगेको छ ।

यस्तै कोशी ब्यारेजका ५६ वटै ढोका खुलेका छन् भने सवारी साधन तथा मानिसहरुको आवतजावत पूर्ण रुपमा बन्द गरिएको कोशी प्रदेश मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुईटेलले जानकारी दिए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितको टोली अहिले कोशी ब्यारेज क्षेत्रको अनुगमनमा पुगेको छ ।

यसैबीच बराहक्षेत्र ६ र ९ नम्बर वडामा फसेका ३४ जनाको उद्धार हुन अझै सकेको छैन । कोशीटप्पु एरियामा पुगेका उनीहरु पानीको बहाब बढेसँगै फर्किन सकेका थिएनन् । उनीहरुको उद्धारको लागि केन्द्र सरकारसँग समन्वय भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

बराहक्षेत्र ६ मा २२ जना र ९ मा १२ जना फसेका छन् । बिहानैदेखि उनीहरुको उद्धारको प्रयास गरिएपनि अहिलेसम्म नसकिएको प्रहरीले जनाएको छ । बराहक्षेत्र ६ ठाकुरीवारी स्थित कोशिको बिच टाप्पुमा भैंसी पालन गरी बस्ने गरेका उनीहरु त्यही अलपत्र परेका हुन् । उनीहरुको उद्धारको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट १० जनाको टोली र सशस्त्र प्रहरी बल चतराबाट ७ जनाको टोली खटेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार, १२ असोज, २०८१, दिउँसोको ०३:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर