विराटनगर । लगातारको वर्षापछी आएको बाढी र पहिरोको कारण कोशी प्रदेशमा ६ जनाको मृत्यु भएको छ भने ८ बेपत्ता भएका छन् ।
धनकुटा र पाँचथरमा पाँच जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् ।
बाढी पहिराेमा परी मृत्यु हुनेहरूमा धनकुटामा २, पाँचथरमा ३ र ईलाममा १ जना छन् । वेपत्ता हुनेहरूमा झापामा ३, माेरङमा १ र पाँचथरमा ४ जना रहेका छन् ।
अविरल वर्षासँगै आएको पहिरोले पुरिएर धनुकटामा आमाछोरीको मृत्यु भएको छ । पाँचथरको एक स्थानमा आमाछोरी र एक स्थानमा एक पुरुषको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पाँचथरकोफिदिमनगरपालिका–४ चिसापानीमापहिरोलेघरपुरिँदा २४ वर्षीयासपनाशेर्पा र उनकी ५ वर्षीयाछोरीडोल्माशेर्पाकोमृत्यु भएको छ । प्रहरीका अनुसार फिदिम–१२ घर भएका आमा–छोरी चिसापानीमा डेरा बस्दै आएका थिए । पहिरोलेघरपनिपुरिएको छ ।
पाँचथरकै फिदिम नगरपालिका– १ साँगेबोटेमा पहिरो घर पुरिदा एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । पहिरोमा परी फिदिम नगरपालिका– १ कात्तिके घर भइ फुरुंगा हाइड्रो पावरमा काम गर्ने ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको हो । घटनामा फिदिम १ बस्ने ५० वर्षीय कृष्ण दास, ४० वर्षीया कमला दास, ५५ पर्षीय धनकुमार तुम्बापो, २१ वर्षीय सरस्वता तुम्बापो बेपत्ता भएका छन् । पहिरोमा परी दुई जना घाइते छन् ।
प्रहरीका अनुसार मृतक र बेपत्ता फुरुङ्गा हाइड्रो पावरमा काम गर्ने कर्मचारी हुन् । उनीहरु स्थानीय राजकुमार नेम्बाङको घर भाडामा लिएर बस्दै आएका थिए । बिहान करिब ५ बजे खसेको पहिरोले घरमा रहेको पशुचौपाया पनि पुरेको छ ।
यस्तै धनकुटाको पाख्रीबास नगरपालिका–५ आज बिहानको करिब ३ बजे खसेको पहिरोले घर पुरिदा स्थानीय ५० वर्षीया रामकुमारी तामाङ र ३२ वर्षीया आशा तामाङको मृत्यु भएको हो । उनीहरु आमा छोरी रहेको प्रहरीले बताएको छ ।
उता इलामको माई नगरपालिकका मैत्तबहादुर लिम्बुलाई माई खोलाले बगाएर घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ