विराटनगर । कोशी प्रदेश योजना आयोगका दुई सदस्यले राजीनामा दिएका छन् ।
आयोगमा नेकपा माओवादी केन्द्रको कोटाबाट नियुक्ति लिएका सुनसरीको धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपानेले बुधबार राजीनामा दिएका हुन् ।
कोशी प्रदेश सरकार मन्त्रीपरिषद्को मिति २०८१ जेठ २८ गतेको निर्णयबाट उनीहरु प्रदेश योजना आयोग सदस्य पदमा नियुक्त भएका थिए । दुबै जनाले संयुक्त रूपमा आयोगका अध्यक्षसमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन् ।