काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी भएको हो ।
लामिछाने जीबी राई सञ्चालित गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन् । गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पनि आजै प्रहरीले पक्राउ गरिसकेको छ ।