मेचु धिमालको लैजाउन कान्छा

विराटनगर ।  नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय सुनिरहने नाम हो मेचु धिमाल। मेचु धिमालले हालै मात्र आफ्नो नया गित सार्बजनिक गरेकी छिन।

मेचु धिमालले केहि दिन अगाडी मात्र आफ्नो नया गित लैजाऊ कान्छा नामक गित आफ्नै युट्युब च्यानल बाट सार्बजनिक गरेकी छिन। आफ्नो सांगीतिक करियरमा सफल र लोकप्रिय गितहरुसंग संगीत प्रेमी श्रोता, दर्शक माझ आफ्नो छुट्टै स्थान बनाउदै अघि बढिरहेकी मेचु धिमाल हाल धेरैको प्रिय गायिका बन्न सफल भएकी छिन। निकै लामो समय सांगीतिक क्षेत्रमा बिताई सकेकी मेचुले निकै राम्रो सृजनाहरु दिएकी छिन। हालसम्म लगभग १५० को हाराहारीमा गित गाईसकेकी मेचुले यो पाली भने लोक संगीतमा आधारित गित श्रोता माझमा ल्याएकी हुन्।

उनले आफ्नो च्यानलबाट ल्याउने गित प्राय उनि आफैले संगीत गरेको गित हुने गर्दछ। गायन संगै शब्दमा संगीत भर्ना पनि उत्तिकै पोख्त मेचुले अहिलेको लैजाऊ कान्छामा पनि आफैले संगीत भरेकी हुनु। लिला राज काम्बाङ्गको शब्दमा स्वर भने मेचु धिमाल अनि परेश को रहेको छ। साथै सो गीतको म्युजिक भिडियोमा कलाकारको रुपमा पनि मेचु र परेशाको नै अभिनय देख्न सकिन्छ।

पुर्बेली भाकामा रहेको सो गीतको भिडियो पनि निकै आकर्षक बनेको छ जसलाई श्रोता दर्शकले पनि रुचाउनु भएको छ। गित सार्बजनिक भएको ९ दिन बित्दा सम्म सो गितलाई १ लाख १८ हजारले हेरिसकेका छन् । निकै प्रतिभाशाली अझ भन्दा बहुप्रतिभाशाली मेचु धिमाल जति गायन र संगीत दिनमा पोख्तछिन त्येस्तै भिडियो निर्देशनमा पनि अब्बल रहेकी छिन। उनले यस अघि पनि धेरै गीतमा आफ्नो त्यो प्रतिभा प्रस्तुत गरिसकेकी छिन् भने लैजाउन कान्छाको म्युजिक भिडियो पनि आफैले निर्देशन गरेकी हुन्। गित संगै दर्शकहरुले उनको निर्देशनलाई पनि मन पराएका छन् ।

शुक्रबार, ०४ असोज, २०८१, दिउँसोको ०३:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर