घिनाघाट विराटचोक सडकमा बढी भार बोक्ने सवारी साधन रोक्न माग

विराटनगर । प्रदेशसभा सदस्य उमाकान्त गौतमले घिनाघाट–विराटचोक सडकमा क्षमताभन्दा बढी भारवहन गर्न रोक लगाउनु पर्ने बताएका छन् ।

अधिक भारवहन वा गुणस्तरहीन निर्माणका कारणले प्रदेश गौरवको आयोजनाको रुपमा एक अर्ब रुपैयाँ भन्दा बढी रकम खर्च गरेर निर्माण भएको उक्त सडकको पूर्वतर्फको ट्रयाक पूरै दबेको सांसद गौतमले बताए । उनले प्रदेश गौरवको आयोजना अन्तरगतको सडक यसरी हस्तान्तरणसमेत नभई दब्ने अवस्था आएमा प्रदेशले तीन तीन वर्षमा सडक बनाइरहन सक्ने अवस्था नहुन भन्दै बढी भारवहन गर्न रोक्नु पर्ने बताएका हुन् । उनले भने ‘यो अरब भन्दा माथिको आयोजना हो । करिब हस्तान्तरणको चरणमा पुगेको छ । यो सडकको पूर्वतर्फको ट्रयाक पूरै दबेको छ । किन यो दब्यो ? भारबहन क्षमता भन्दा बढीको सवारी चलेर हो कि किन ?

हाम्रो पूर्वाधारको दीगोपनका लागि नियमनकारी निकायलाई जिम्मेवार बनाऔं । क्षमताभन्दा बढीका सवारी गुड्न नदिइयोस् । किनभने हाम्रो क्षमता हरेक तीन वर्षमा बनाउन सक्नेखालको छैन । ’

शुक्रबार, ०४ असोज, २०८१, दिउँसोको ०३:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर