कोशी अस्पताललाई प्रदेश मातहत ल्याउन माग

विराटनगर । पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेतीले कोशी अस्पताललाई प्रदेश मातहतमा ल्याउन सरकारसँग माग गरेका छन् ।

संघले अस्पताल व्यवस्थापनमा उचित ध्यान दिन नसकेको र यस क्षेत्रका विरामीहरुले अस्पतालबाट सहज र प्रभावकारी उपचार पाउने वातावरण नभएको भन्दै उनले प्रदेश सभाको आजको बैठकमा कोशी अस्पताललाई विगतमाझैं प्रदेश मातहतमै ल्याउनु पर्ने बताएका हुन् । उनले भने ‘कोशी प्रदेशको व्यवस्थापनप्रति सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यो अस्पतालमा संघले राम्ररी ध्यान पु¥याउन सकेको छैन त्यसैले यो अस्पताल प्रदेश मातहतमै ल्याउन सरकारले पहल गरोस् भन्ने माग गर्दछु ।’

एउटा घटनाको उदाहरण दिँदै उनले अस्पतालले विरामीहरुलाई उचित उपचार सेवा दिन नसकेको दाबी गरे । उनले भने ‘मेरो निर्वाचन क्षेत्रमा घर भएका एक जनाको आमा र पत्नी दुवै जना विरामी हुनुहुन्थ्यो । आमाको शल्यक्रिया गर्नुपर्ने थियो र पत्नीको क्यान्सर उपचारका लागि चितवन लैजानु पर्ने थियो । उहाँ आमाको शल्यक्रिया छिटो गरेर पत्नीलाई उपचार गर्न चितवन जान खोज्दै हुनुहुन्थ्यो तर कोशी अस्पतालले मंसिरमा मात्र शल्यक्रिया गर्ने समय दियो । त्यसअघि सम्भव छैन भन्ने जवाफ दियो ।

तर, उनै डाक्टरको क्लिनिकमा भोलि नै शल्यक्रिया गर्न सकिने पनि बताए । उनले अर्को अस्पतालमा लैजान रेफर पनि मागे तर डाक्टरले रेफर दिन पनि मानेनन् । यस्तो व्यवस्थापनले जनताले कसरी सहज उपचार पाउन सक्छन् ? त्यसैले यो स्वास्थ्य विमाको उपचार गर्दा रेफरको अधिकार विरामीसँगै हुने व्यवस्था सरकारले मिलाउनु पर्छ ।’

शुक्रबार, ०४ असोज, २०८१, दिउँसोको ०३:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर