विराटनगर । पुत्रको दीर्घायुको कामना गर्दै तराईका महिलाहरुले मनाउने जितिया पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणाको माग गर्दे विराटनगर आयोजना भएको अन्तर्राष्ट्रिय जितिया पर्वको अवसरमा आयोजना गरिएको कार्यक्रम बिहीबार विराटनगरमा भब्यतापूर्वक सम्पन्न भएको छ ।
लामो समयदेखि तराई मधेशको कला, संस्कृति तथा धरोहरको रुपमा स्थापित पर्वको संरक्षण एवंम सम्बद्र्धन गर्दे आएको अप्पन विराटगढ परोपकार समाजले १३औं महान अन्तर्राष्ट्रिय जितिया पर्व समारोह २०८१ को आयोजना गरेको थियो । यस कार्यक्रमको दौरानमा आयोजकले जितिया पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिलाउन ठूलै कसरत गरेको थियो । सोही कसरत अनुसार कार्यक्रमको प्रमुख अतिथिको रुपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित थिइन् । तर, उक्त मागप्रति भण्डारीले मुख खोलिनन् ।
विभिन्न जातिय र समुदायको भेषभूषा झल्कीने झाकीँ प्रस्तुतिसँगै नाटक, नृत्य आदि प्रस्तुस गरेर कार्यक्रमलाई भव्यता दिइएको थियो ।कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले जितियाको महत्व र यसका विविध पक्षका बारेमा चर्चा गर्दै शुभकामना व्यक्त गरेपनि राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने मागका बारेमा केही उल्लेख गरिनन् ।
लामो समय देखि करिब तीन दर्जन तराई मधेशका जातजातिले जितिया पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गरेर जितिया पर्वको दिन सार्वजनिक बिदा दिन माग गर्दे पटक पटक दबाव मुलक विभिन्न कार्यक्रम गर्दे आएका छन् ।यस पटक भने नेपालकी पहिलो महिला राष्ट्रपतिबाट कुनै न कुनै आश्वासन आउने विश्वास आयोजकलाई थियो । तर उनको लिखित सम्बोधनमा उक्त माग नसमेटिएपछि आयोजक निरास देखिएको थियो । पूर्वराष्ट्रपति भण्डारीले कठोर ब्रतका बारेमा जनताको माग सरकारसम्म पु¥याइदिने अपेक्षा आयोजकको थियो ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले स्थानीय सरकारसँग समन्वय र परामर्श गरेर हरेक प्रकारको सहयोग गर्ने बताए । उनले केहि दिनभित्र कोशी प्रदेशको मन्त्रीपरिषदको बैठकले निर्णय गरेर ती मागहरु सम्बोधनको प्रयत्न गर्ने आश्वासन दिए । उनले भने –‘आर्थिक, नैतिक र भौतिक रुपमा जितिया पर्वको मौलिकता जोगाउन प्रतिबद्ध छौं । सो कार्यक्रममा समाजिक अभियन्ता तथा संस्कृति अभियन्ताहरु नेपाल सरकारले तत्काल जितिया पर्वलाई राष्ट्रिपर्वको रुपमा घोषणा गरेर सार्वजनिक विदा दिन पूर्व राष्टपति भण्डारी सहित मञ्चमा रहेका अगुवा नेतृत्वहरुलाई आग्रह गरेका थिए । समाजिक अभियान्ता डा.बालकृष्ण साहले जितिया पर्व तराई मधेशका कुनै जात विशेषका नभई हरेका समुदायले मनाउने पर्व भएकाले राष्ट्रिय पर्वको रुपमा घोषणा गर्न माग गरे । उनले करिव २७ प्रतिशत नेपालका महिलाहरुले मनाउने जितिया पर्वको महत्व अहिले पनि राज्यले बुझन नसकेको आरोप लगाए । अहिलेसम्म नेपाली कलेन्डरमा जितिया पर्वको पारनको मिति समय नआउनु, ओटघन बारे उल्लेख नहुन दुर्भाग्य भएको उनको जिकिर रहेको थियो ।
आयोजक संस्थाका अध्यक्ष बसुन्धरा झाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा नेपाल र भारतका संस्कृति अभियान्ताको उल्लेखनीय सहभागीता रहेको थियो । विस २०६९ देखि जितिया समारोह हरेक वर्ष विराटनगरमा आयोजना हुँदै आएको छ ।
यस पटक भने जितिया पर्व असोज ७ गतेदेखि सुरु हुने छ । ७ गते सोमबारदेखि सुरु हुने जितिया ९ बुधवारसम्म बेलुका समापन हुने समारोह छ । एकदमै गाह्रो पर्वको रुपमा मानिने जितिया पर्वमा महिलाहरु निराहार व्रत बस्ने गर्दछन् ।