विराटनगर । कोशी प्रदेश सरकारले असोज २ गते बुधबार सार्वजनिक बिदा दिने भएको छ ।
असोज २ गते बुधबार झाँगड (उराव) पर्वको अवसरमा बिदा दिइएको हो
कोशी प्रदेश सरकारको निर्णयअनुसार झाँगड (उराव) समुदायको चाड करम पूजाको अवसरमा कोशी प्रदेशभर बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कमलबहादुर थापाले जानकारी दिए ।