अनसन बस्ने कुराबाट पछि हटेको छैन : निवर्तमान मुख्यमन्त्री कार्की

विराटनगर । आफूले उठाउँदै आएको मागबारे सरकारले बेवास्ता गरिरहेको भन्दै निवर्तमा मुख्यमन्त्री केदार कार्कीले अनसन बस्ने आफ्नो पुरानै अडान दोहोर्याएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आईतबार बिहान स्टाटस लेख्दै उनले १० वर्ष मुनिका प्रदेशको बलबालिकाको प्रदेशमा निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयम्सेवीहरूलाई प्रोत्साहन भत्ता, प्रदेशमा संचालन भएको शैलजा आचार्य मुटु रोग उपचार केन्द्र संचालन, सुनसरी र मोरङको ४ वटा पालिकालाई बाढी र डुबानबाट बचाउन केसलिया कारिडोर निर्माण नभए अनसन बस्ने बताएका हुन् ।

‘जनजीविका र जानता केन्द्रित कार्यक्रमलाई सरकार र सम्बन्धित पक्षबाट बेवास्ता गर्ने कार्य गरिरहेका छन् । म मेरो अडानमा प्रतिबद्ध छु । मैले संसदमा अनसन बस्छु भनेको कुराबाट पछि हटेको छुइन र हट्दिन पनि’ कार्कीले लेखेका छन्, ‘जनताको मतको ऋण तिर्न म मृत्युमा जान पनि तयार छु । र कात्रो लिएर बस्छु । बस आज आधिकारिक रूपमा नसुन्ने मुख्यमन्त्रीलाई स्मरण पत्र पठाउँदै छु ।’

अनसन बस्नु अगाडि आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई स्मरणपत्र बुझाउने कार्कीले बताएका छन् । उनले यसअघि संसदमा बोल्दै अनसनको घोषणा गरेका थिए ।

आइतबार, २३ भदौ, २०८१, बिहानको ११:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर