विराटनगर । प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा नयाँ सचिवको रुपमा निरु दाहालले आज पदबहाली गर्नुभएको छ ।
यस अघि कृषि विभागको महानिर्देशकको जिम्मेवारीमा रहनुभएका उहाँको प्रदेश १ मा सरुवा भएपछि मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो ।
सरकारले मन्त्रालयका सचिवको रुपमा यस अघि कार्यरत रहनुभएका विमल कुमार निर्मललाई प्रदेश २ मा र दाहाललाई प्रदेश १ मा सरुवा गरेको हो ।