दन्त परीक्षण तथा दन्त स्वास्थ्य सचेतना कार्यक्रम

विराटनगर । लायन्स क्लब अफ विराटनगर एलिटले निःशुल्क दन्त परीक्षण तथा दन्त स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ ।

‘नेपाल लायन्स डे’ को अवसरमा शुक्रबार विराटनगर–१० स्थित वोमन्स क्रियसनमा संस्थाको संरक्षणमा रहेका ५ वर्ष देखि १२ वर्षसम्मका ३५ जना बालबालिकाको दन्त परीक्षण गरिएको हो । त्यसअवसरमा बालबालिकाले आफ्ना दाँत कसरी स्वस्थ राख्न सक्छन भन्ने सचेतना समेत दिइएको थियो । सेवा प्रदान गरिएका बाल बालबालिका घरेलु कामदार महिलाका छोरा–छोरी हुन् भने वोमन्स क्रियसन मारवाडी समुदायका स्वयम्सेवी महिलाहरुको समुह हो । जसले आफ्नो संरक्षणमा रहेका बाल–बालिकाको शिक्षा, अध्यात्मिक, योग अभ्यास एवं कला संस्कृतिको ज्ञान समेत प्रदान गर्ने व्यवस्था मिलाएको छ ।

दन्त परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम प्राविधिक सहयोग विराटनगर–३, पानीटंकीस्थित नौलखा डेन्टल केयर एवं डा. नुतन नौलखा र डा. रिंकी अग्रवालले गरेका थिए । सन् २०१८ मा स्थापना भई सामाजिक सेवामा समर्पित रहेको लायन्स क्लब अफ विराटनगर एलिट विराटनगरका प्रतिष्ठित चिकित्सक, उद्यमी–व्यवसायी, बीमा व्यवसायी र सामाजिक व्यक्तित्वको संलग्नता छ । कार्यक्रममा डिसट्रिकट ३२५ –सी का गवर्नर लायन विकास अधिकारीको प्रमुख आतिथ्य, अन्य लायन प्रतिनिधिहरु, क्लबका सदस्यहरु, वोमन्स क्रियसनका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।

सो अवसरमा डेन्टल केयर र क्लबको तर्फबाट दन्त स्वास्थ्य बारेमा सचेतनाको एवं १४ जना बालबालिकालाई थप स्वास्थ्य सेवाको सुझावसहित ब्रस र मन्जन समेत प्रदान गरिएको लायन्स क्लब अफ् विराटनगर एलिटकी प्रेसिडेन्ट शकुन्तला भट्टराईले बताइन् ।

शनिबार, २६ साउन, २०८१, साँझको ०७:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर