काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक संसदीय समितिमा जाने भएका छन् । मंगलवार दिउँसो बस्ने राज्य व्यवस्था समितिको बैठकमा ओली सहभागी हुन लागेका हुन् ।
समिति सभापति रामहरि खतिवडाले प्रधानमन्त्री बैठमा आउने जानकारी दिए ।
भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल प्रारम्भ गर्ने बैठकको कार्ययूची छ ।प्रधानमन्त्री राज्य व्यवस्था समितिको पदेन सदस्य रहने व्यवस्था छ ।