विराटनगर । विराटनगरका युवा व्यवसायी एवं समाजसेवी दिलशाद आलमले गरिब तथा विपन्न वर्गका १ सय २५ परिवारलाई राहत उपलब्ध गराउनु भएको छ ।
दैनिक ज्यालादारीमा काम गरेर आयआर्जन गर्ने गरिब तथा विपन्न वर्गका परिवारलाई आलमले राहत उपलब्ध गराउनु भएको हो ।
उहाँले कोरोना भाईरसको रोकथाम तथा न्यूनीकरणका लागी जारी लकडाउनमा आम नागरिकको जनजीवन प्रभावित बन्दै गएको परिस्थितिलाई मध्यनजर गर्दै राहत वितरण गरिएको बताउनुभएको छ ।
गत चैत्र २० गतेदेखि विराटनगर ट्राफिक चौकस्थित आफ्नो व्यावसायिक स्थललाई केन्द्र बनाएर राहत वितरण गर्दै आउनुभएको आलमले आज पनि प्रत्येक परिवारलाई ३ सय रुपैयाँ नगदसहित ६ किलो चामल, १ किलो दाल, १ किलो आलु र आधा लिटर खाने तेल लगायतका सामाग्रीहरु वितरण गरिएको जानकारी दिनुभयो ।
समाजसेवी आलमले हालसम्म अति विपन्न वर्गका १ हजार २ सय घरपरिवारमा ११ लाख रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरिसकेको बताउनु भयो ।