कोशीमा तीन महिनामा ४१४ जना पीडित

विराटगनर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले सन् २०२४ को दोस्रो त्रैमासिक अवधिको मानव अधिकार अवस्था सार्वजनिक सार्वजनिक गरेको छ ।

कोशी प्रदेशका १४ ओटै जिल्लाका इन्सेक जिल्ला प्रतिनिधिहरूबाट संकलन गरिएका घटनाहरूको आधारमा सन् २०२४ को अप्रिल १ देखि जुन ३० सम्म अर्थात् ०८० चैत १९ गतेदेखि ०८१ असार १६ गतेसम्मका मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरूको तथ्यांकसहित साउन १५ गते अवस्था सार्वजनिक गरेको हो ।

तीन महिनामा कोशी प्रदेशमा कोशी प्रदेशमा भएका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाका आधारमा प्रदेशको मानव अधिकारको अवस्था सार्वजनिक गरिएको हो ।

कोशी प्रदेशमा सो अवधिमा कारागारमा मृत्यु, हिन्दू–मुस्लिमबिचको झडप, सरकारी सवारीसाधनको तोडफोड, जातीय विभेदलगायतका घटनाले कोशी प्रदेशमा स्वतन्त्रतापूर्वक बाँच्न पाउने नागरिकको अधिकार संकुुचित भएको अवस्था देखिएको छ । जातीय विभेदका घटना यो अवधिमा भएका छन् । गत जेठ २८ गतेदेखिको सक्रिय मनसुनका कारण कोशी प्रदेशमा २४ जना बढी नागरिकले ज्यान गुमाउनु परेको, सयौँ परिवार बाढीपहिरोका कारण विस्थापित भएको, राज्यले समयमा आवासको अधिकारलाई सम्बोधन गर्न नसक्दा नागरिकहरू आवासविहीन भएर बाँच्नु परेको अवस्थालाई उल्लेख गरिएको छ ।

कोशी प्रदेशमा पटकपटक सरकार परिर्वतनका कारण ऐन कानुनहरू निर्माण हुन नसकेको र स्वास्थ्यको अधिकार सम्बोधनका लागि इन्सेकले कोशी प्रदेश सरकारविरूद्ध सार्वजनिक मुद्दा सोही अवधिमा अदालतमा दायर गरेको वास्तविकतालाई मानव अधिकार अवस्था विश्लेषण कोशी प्रदेशको तीन महिनाको मानव अधिकार अवस्था सार्वजनिक गरिएको छ ।

कोशी प्रदेशले अप्रिल देखि जुनसम्मको मानव अधिकार अवस्था सार्वजनिक गर्नु अघि प्रदेशका १४ ओटै जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामाथि सरोकारवालाहरूसँग समीक्षा गरेको छ ।जिल्ला–जिल्लाको मानव अधिकार अवस्थाका विश्लेषण लागि गरिएको समीक्षा कार्यक्रममा महिला तथा बालबालिका अधिकारविरूद्धका घटनामा वृद्धि भएको पाइएको छ ।

तीन महिनाको अवधिमा कोशी प्रदेशमा मानिसको सबै भन्दा ठूलो अधिकार बाँच्न पाउने अधिकारबाट १८ जना नागरिक विमुख भएका छन् । राज्यपक्षबाट एक जना र अन्य पक्षबाट भएका घटनामा १७ जना नागरिकको ज्यान गएको छ । तीन महिनाको अवधिमा कोशी प्रदेशमा राज्यबाट भएका मानव अधिकार उल्लंघनका घटनामा कारागारमा एक जनाको शंकास्पद मृत्यु भएको छ । राज्यपक्षबाट गिरफ्तारीका घटनामा दुई र घाइतेका घटनामा दुई पीडित भएका छन् ।

अन्य पक्षबाट भएका मानव अधिकार ज्यादतीका घटनामा ४०९ जना गरी ४१४ जना नागरिक पीडित बनेका छन् ।इन्सेक अभिलेखका आधारमा तीन महिनामा कोशी प्रदेशको मानव अधिकार अवस्था सन्तोषजनक नरहेको पाइएको छ । अन्य पक्षबाट भएका अमानवीय व्यवहारका घटनामा तीन, कुटपिटका घटनामा २८, घाइतेका घटनामा १२, जातीय विभेदको घटनामा एक, बाल अधिकारका घटनामा ६३, भौतिक संरचना क्षतिका सात, महिला अधिकारका २७८ जना गरी कूल ४०९ जना पीडित भएका छन् ।

इन्सेक अभिलेखका आधारमा कोशी प्रदेशमा अन्य पक्षबाट तीन महिनाको अवधिमा बाल अधिकारका घटनामा ६३ जना बालबालिका पीडित भएका छन् । जसमा अपहरणको घटनामा एक, बलात्कारको घटनामा ४४ जना, यौन दुव्र्यवहारका घटनामा १६ जना, बेचविखनको घटनामा एक र यातनाको घटनामा एक जना पीडित भएका छन् ।

कोशी प्रदेशमा तीन महिनाको अवधिमा महिला अधिकारविरूद्धका घटनामा २७८ जना पीडित भएका छन् । जसमा बलात्कारका घटनामा १९, बलात्कार प्रयासका घटनामा तीन, यौन दुव्र्यवहारका घटनामा ३, वहुविवाहका घटनामा १२ र घरेलु हिंसाका घटनामा २४१ जना महिला पीडित भएका छन् ।

बिहिबार, १७ साउन, २०८१, बिहानको ०८:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर