फुटपाथबाटै छोरीका लागि भोट माग्छन् सिलाई पेशा गर्ने बाबु

इटहरी । छोराछोरीको प्रगतीमा बाबुआमाको खुसी र साथसहयोग  कति हुन्छ भन्ने सुनसरी इटहरीका रमेश परियारलाई सोधे हुन्छ । किनभने यतिखेर दैनिक सडकमा सिलाई पेशा गरेर कमाएको पैसा छोरी टेनिसालाई गायक बनाउन खर्चिरहेका छन् ।

सिलाई मास्टर रमेशकी जेठी छोरी टेनिसा यतिखेर कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘भ्वाईस किटसको’ भोटिङ राउण्डमा पुगेकी छन् । आप्mनो गायकीले गर्दा निर्णयकहरुको निर्णयबाट टप २४ सम्म आइपुग्न सफल टेनिसालाई अब अगाडि बढन  गायकीले मात्र पुग्दैन उनले दर्शकको भोटको पनि सामना गर्नुपर्छ । अब जसको बढी भोट आयो उही गायक टप १६ र टप ८ हुँदै फाइनल राउण्डमा छानिन्छ । यसैले बाबु रमेशले छोरीलाई अगाडि बढाउन आफले सिलाई काम गर्ने ईटहरी नगरपालिका अगाडिको फुटपाथको भित्तामा ब्यानर टाँसेर भोटसँगै आर्थिक सहयोग पनि  मागिरहेका छन् । उनले आफूकाम गर्ने फुटपाथको पछाडिको भित्तामा ‘भोटफोर टेनिसा’ भन्ने ब्यानर टाँसेका छन् । टेनिसालाई खल्ती एप डाउनलोड गरेर जो–कोही शुभचिन्तकले भोट गर्न सक्छन्  । गरिबीकै कारण रमेशले ब्यानरमा क्युआर कोड मार्फत छोरी टेनिसालाई आर्थिक सहयोग गर्न शुभचिन्तकलाई अपिल पनि गरेका छन् ।

इटहरी नगरपालिका १ पिपलचौकमा भाडाको घरमा बासोवास गर्ने रमेश र उनकी श्रीमती गंगा परियारका एक छोरी (जेठी टेनिसा ) र एक छोरा छन् । गरिब दलित समुदायकी भएकोले टेनिसा हाल इटहरीको विश्वआर्दश स्कुलमा छात्रवृत्तिमा कक्षा ८ मा पढ्छिन् । उनका बाबु रमेश पनि गायक हुन् । उनले सन्दिप मोते नामले दुई वटा गीती एल्बम पनि निकालिसकेका छन् । परिवारिक महौल सांगीतिक भएकोले टेनिसाले पनि सानैदेखि गीत संगीतमा रुचि राख्न थालेकी हुन् । उनी विद्यालय र स्थानीय सार्वजनिक मञ्चहरुमा उत्कृष्ट गीत गाउने गर्थिन् । यसैले  बाबु रमेशले छोरी टेनिसाको रुचिका लागि ‘भ्वाईस किड्समा’  भाग लिन पठाएका हुन् । अडिसन राउण्डबाट छानिएपछि उनले सिलाई पेशा गरेर बचाएको पैसाले टेनिसालाई आमा र भाइसँग काठमाडांै प्रतिस्पर्धा गर्न पठाएका छन् । काठमाडौंमा आफन्त कोहि नभएकोले लजमा आमासँगै बसेर टेनिसाले किड्सको प्रतिस्पर्धामा दुई महिनादेखि भाग लिइइरहेकी छन् ।

आफ्नो सुरिलो गायकीले गर्दा ‘ब्लाइण्ड’ र ‘ब्याटल’ राउण्ड पार गर्न सफल भएपछि टेनिसा  भोटिङ राउण्डको टप २४ मा छानिएकी हुन् । टेनिसाले फाइनल  राउण्डमा पुग्न अझै सघर्ष गर्नुपर्ने हुन्छ । यसैले उनको काठमाडांै बसाइ पनि अझै लम्बिन सक्नेछ । यसैले फुटपाथमा सिलाई पेशा गरेर हाल दैनिक ५ देखि ७ सय मात्र कमाउँदै आएका बाबु रमेश चिन्तित छन् । प्रतिस्पर्धाका लागि टेनिसाले बास र खानाका लागि मात्र दैनिक  १५ सय खर्चिनुपर्छ ।

छोरीको प्रगतिका लागि चिन्तत बाबु रमेश भन्छन्—‘छोरीको खर्चका लागि साथीभाइ गुहारेर अहिलेसम्म जेनतेन गर्जो टारिरहेको छु तर अझै बसाइ लम्बियो भने खर्चकै कारण छोरीले प्रतिस्पर्धा छोडनुपर्ला भन्ने चिन्ताले पनि सताइरहेको छ  ।’

बिहिबार, १७ साउन, २०८१, बिहानको ०८:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर