मोटरसाइकल दुर्घटना एक बालिकाको मृत्यु, उनका बुबाआमा घाइते

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका रमिते डाँडा घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी–१ की ११ वर्षीया सुस्मिना धिमाल रहेकी छिन् । उनको बुबा ३७ वर्षीय सुनिलकुमार धिमाल, उनकी आमा ३५ वर्षीया श्रीमती चन्द्रमाया धिमाल घाइते भएका छन् ।

शनिबार दिउँसो सभा ३ बजेतिर मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ झण्डे डाँडाको घुमाउरो बाटोमा मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको थिजयो । मोटरसाइकलमा सवार तीनै जना शक्त घाइते भएका थिए ।

घाइतेलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको हस्पिटल लगिएको थियो । उपचारकै क्रममा बालिकाको भने मृत्यु भएको प्रहरीले जनाएको छ । रमिते टाँडी भित्री सडक खण्डमा उनीहरुसहित उनीहरु सवार बा २७ प १८३५ नम्बरको मोटरसाइकल ७० फिट तल झरेको थियो । बालिकाको शवलाई पोष्टमार्टमको लागि उर्लाबारी ३ मंगलबारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको छ ।

शनिबार, १२ साउन, २०८१, रातीको ०९:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर