झापामा १२९ जना डेंगुका बिरामी भेटिए

काठमाडौं । नेपालका ७३ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् ।झापामा १२९ जना डेंगुका बिरामी भेटिएका  हुन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रया महाशाखाका अनुसार नेपालका ४ जिल्ला बाहेकका सबै जिल्लामा डेंगुका बिरामी फेला परेका छन् ।

हालसम्म मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पामा भने डेंगुका बिरामी फेला नपरेको महाशाखाले जनाएको छ ।

नेपालभर १ हजार ८ सय २५ डेंगु संक्रमित भइसकेका छन् । सबैभन्दा बढी डेंगु संक्रमित बागमती र कोशी प्रदेशमा फेला परेका छन् । काठमाडौँमा २०९ जना, चितवनमा ९३ र मकवानपुरमा ७४ जनामा हालसम्म डेंगु संक्रमित फेला परेको महाशाखाले जनाएको छ ।

बिहिबार, १० साउन, २०८१, साँझको ०५:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर