शिक्षादीपका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगरको शिक्षादिप कलेजमा कक्षा ११ मा भर्ना भएका विज्ञान, व्यवस्थापन र होटल म्यानिजमेन्टका विद्यार्थीलाई अभिमुखीकरण गराइएको छ ।

चालु शैक्षिक सत्रमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखिकरण गराएको कलेजले जनाएको छ ।कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी व्यवस्थापन र होटल म्यानिजमेन्टमा कक्षा ११ मा भर्ना भएका नयाँ ३०० बढी विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो । साउन १४ गतेबाट कक्षा सञ्चालन हुने भएपछि कलेजको नियम र पढाइप्रति विद्यार्थीहरुलाई जागरुप बनाउने उद्देश्यले अभिमुखिकरण गराएको कलेजका प्रिन्सिप ज्ञानबहादुर खड्काले जानकारी दिए ।

अध्यापनको क्रममा विद्यार्थीलाई बढीभन्दा बढी अन्तरक्रियात्मक बनाउने शिक्षण विधि कलेजले अपनाएको खड्काले बताए । ‘शिक्षादीपमा आएका विद्यार्थी व्यवहारिक रूपमै सक्षम हुन्छन् । त्यो शैक्षिक वातावरण हामीले स्थापित गरेका छौं’ उनले भने ।

कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरु अभि सिवाकोटी, उज्जवल ओझा, निलु साह, बृजकुमार रोयले गुणस्तरीय शिक्षा दिने भएकोले शिक्षादीप रोजेको बताए । कार्यक्रममा कलेजका निर्देशक शैलेन्द्र शिवाकोटीले शिक्षादीप भविष्य निर्माण गर्ने कलेज भएको बताए ।

कार्यक्रममा कलेजका निर्देशक डा. बिमल श्रीवास्तव, सिए तिर्थराज यादव, व्यवस्थापन संकायका प्रमुख शंकर भट्टराई, सोल्टी होटलका डाइरेक्टर रुपेश श्रेष्ठलगायतले बोलेका थिए । यसअघि कक्षा ११ को विज्ञान संकायमा भर्ना भएका नयाँ ९४५ जना विद्यार्थीलाई शिक्षादीप कलेजले अभिमुखिकरण गराइसकेको जनाएको छ ।

बुधबार, ०९ साउन, २०८१, साँझको ०६:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर