काठमाडौँ । बुुधबार सेयर कारोबार मापक नेप्से परिसूचक २७.३२ अंकले घटेको छ ।
मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ७५.३३ अंकले बढेको थियो भने १४ अर्ब कारोबार भएको थियो । आज सवा १६ अर्ब रुपैयाँको कारोबारभएको छ ।
नेप्से परिसूचक अंक घटे पनि कारोबार बढेको छ । कुल ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब २० करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
कुल ४६ कम्पनीको मूल्य बढ्यो भने १९४ कम्फनीको मूल्य घट्यो । २ वटा कम्पनीको मूल्य स्थिर रह्यो । फाइनान्स र होटल तथा पर्यटन उपसमुह बढ्यो भने अन्य उपसमुह घट्यो । फाइनान्स ३३.८१ अंक र होटल तथा पर्यटन ८.५९ अंकले बढ्यो ।