विराटनगर । नेकपा एकीकृत समाजवादी मोरङले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल प्रधानको ४६ औं स्मृति दिवस विराटनमा विभिन्न कार्यक्रम गरेर मनाएको छ ।
पुष्पलाल स्मृति भवनमा विचार गोष्ठी गरेर एसले पार्टी स्थापना र संगठन विस्तारमा पुर्याएको योगदानको बारेमा चर्चा गरेको हो ।
पुराना कम्युनिष्ट नेता कमल कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरीएको हो । पार्टीका केन्द्रीय नेताहरू महेश रेग्मी, भीमबहादुर बस्नेत, शम्भु साह,डा.महेश न्यौपाने, देवी पन्थी, सीता पौडेललगायतले पुष्पलाल र कम्युनिष्ट आन्दोलनका बारेमा आ–आफनो धारणा राखेका थिए ।
नेकपा एकीकृत समाजवादी मोरङ अध्यक्ष चन्द्रवीर राईको सभापतित्वमा सम्पन्न भएको हो ।पुष्पलाल चोकमा रहेको पुष्पलालको सालिकमा माल्यार्पण समेत गरीएको थियो ।