विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वासको मतको प्रस्तावमाथि भएको मतदानमा ओलीले १८८ मत पाएका हुन् ।
प्रतिनिधिसभाको कुल संख्या २७५ मा बहुमतको लागि १३८ जनाको समर्थन प्राप्त गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले १८८ मत पाए । विपक्षमा ७४ मत पर्यो भने मत दिन्न भन्नेमा १ मत परेको छ । मतदानमा २६३ जना उपस्थित थिए । उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली काँग्रेस, जसपा, लोसपासहित जसपा नेपाल, नागरिक उन्मुक्ति, जनमत पार्टीसहितले विश्वासको मत दिएका थिए ।
विश्वासको मतको विपक्षमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, रास्वपा, राप्रपा, नेमकिपासहितका दलहरुले मतदान गरे । ओली असार ३१ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।