विराटनगर । ताप्लेजुङमा आइटिएफ तेक्वान्दो संघ गठन भएको छ । तेक्वान्दो खेलको विकास गर्ने उद्देश्यले ताप्लेजुङमा संघ गठन गरेको आइटिएफका केन्द्रीय अध्यक्ष प्रविण कुमार कार्कीले बताए ।
ताप्लेजुङमा आइटिएफ तेक्वान्दो संघको अध्यक्षमा डेनी तामाङ रहेका छन् । समितिको उपाध्यक्ष गौरिमान लिम्बु, सचिबमा दावाकिपा शेर्पा रहेका छन् । सहसचिबमा आयन्द्र लिम्बु, कोषाध्यक्ष सरिता आन्दङबे रहेका छन् । सदस्यहरुमा अनिता राई, सुनिता इजम, शिव तोलाङगी, सुवास थेबे, केशव पौडेल, प्रताव लिम्बु, वकिल राई, मनोज कार्कीलागयत रहेका छन् ।