कोरोना विरुद्धको लडाई अहिलेको मुख्य प्राथमिकताः नेम्बाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङले सबै मिलेर कोरोनाविरुद्धको लडाईलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

संसदको छैठौं अधिवेशन सुरुवातको दिन शुक्रबार सम्बोधन गर्दै नेता नेम्बाङले सरकारले लकडाउन समयमै गरेका कारण अहिले नेपालमा कोही पनि भेन्टिलेटरमा बस्नु नपरको बताउनुभयो ।

संविधान कार्यान्वयन गर्न दलहरुबीच सहमति आवश्यक रहेको र शान्ति प्रक्रियासम्बन्धी विधेयक टुंगो लगाउनुपर्ने बताउँदै नेम्बाङले सरकारले लकडाउनका कारण विदेशमा रहेका नेपालीलाई छिट्टै फिर्ता ल्याउने अपेक्षा गर्नुभयो । सांसद अपहरण भएको विषयमा संसदले यथार्थ थाहा पाउनुपर्ने बताउँदै उहाँले सांसदको अपहरणबारे भएको के हो त्यसको यथार्थ आउनुपर्नेमा जोड दिँदै कुनैपनि आपराधिक कार्यको पक्षमा नभएको बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभामा समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरण गरिएकोमा विरोध जनाएपछि नेम्बाङले त्यसको यथार्थ आउने विश्वास व्यक्त गर्नुभएको हो । प्रतिपक्षी दलहरुले समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई सत्तारूढ दलका कृष्णकुमार श्रेष्ठ, महेश बस्नेत र पूर्वआइजिपी सर्वेन्द्र खनालले अपहरण गरेको आरोप लगाउँदै आएका छन्।

शुक्रबार, २६ बैशाख, २०७७, साँझको ०५:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर