फणीन्द्र दोस्रो पटक बने मन्त्री

पोखरा । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् । दोस्रोपटक मन्त्री बनेका देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन् । उनले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस अगाडी पनि उनले सोहि मन्त्रालयको जिम्मेवारी पाइएका थिए ।

गत जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका फणीन्द्र भोलिपल्टै मन्त्री बनेका थिए । तर, पार्टीको ह्वीप नमानेको भन्दै जेठ ३२ मा माओवादीले फणीन्द्रलाई कारबाही गरेको थियो । कारबाहीपछि फणीन्द्र सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चले सोमबार कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । त्यसपछि पनि सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा प्रवेश गर्न रोक लगाएका थिए ।

आइतबार, १७ असार, २०८१, बिहानको ११:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर