विराटनगर । विराटनगरका ठूला हस्पिटल र निजी ल्याबहरूले फरकफरक रिपोर्ट दिने गरेको पाइएको छ । यहाँका ठूला हस्पिटल कोशी अस्पताल, नोबेल अस्पताल, गुणराज कार्की स्मृति अल्ट्राउण्ड डाइग्नोष्टिक क्लिनिक र लाइफगार्ड अस्पतालको ल्याबले बिरामीलाई फरकफरक रिपोर्ट दिने गरेको पाइएको हो ।
यसरी फरकफरक रिपोर्ट दिँदा विरामीले मानसिक समस्या भोग्नु परेको गुनासो गरेका छन् । विराटनगर–६ हाजिचौकका ४९ वर्षीय अफजल हुसेन (गुल्जर)ले गरेको भिडियो एक्स–रे रिपोर्ट फरक–फरक आएको छ । चार पटक भिडियो एक्स–रे गर्दा चारै पटक तीन वटा ल्याबमा फरक–फरक रिपोर्ट आएको उनले बताए । यसरी फरक–फरक रिपोर्ट आउँदा विरामीलाई थप विरामी बनाएको उनले बताए । ‘ल्याबै पिच्छे रिपोर्ट फरक आउँदा बिरामीलाई पीडा मात्र होइन मानसिक समस्या हुँदो रहेछ,’ उनले भने ।
केही दिन अगाडि अत्याधिक ढाड दुखाई भएपछि हुसेन विराटनगरस्थित कोशी अस्पताल गएका थिए । ‘हस्पिटल गएको दिन कोशीको ल्याबमा पर्याप्त चिकित्सक नभएको भन्दै भिडियो एक्स–रे नभएपछि विराटनगरको हस्पिटल चौकमा रहेको गुणराज कार्की स्मृति अल्ट्रासाउण्ड डायग्नोसिस क्लिबमा गएर भिडियो एक्स–रे गरे । एक्स–रेको १ हजार रूपैयाँ दिए । ‘रिपोर्टमा १८.७ एमएमको पथरीया पिसाब नलीमा रहेको देखायो,’ उनले भने, ‘गुणराजमा गरिएको अल्ट्रासाउण्डमा चित्त नबुझेपछि कोशी अस्पतालको ल्याबमा गएँ ।’ दुई दिन कोशीमा धाएर गराएको भिडियो एक्स–रे रिपोर्टमा पथरीया नभएको रिपोर्ट आएपछि उनी आश्चर्यमा परे । ‘तीन दिनअगाडि गुणराज कार्की स्मृति अल्ट्रासाउण्डमा परीक्षण गराउँदा १८.७ एममको पथरीया रहेको रिपोर्ट आएको छ । कोशीमा गर्दा केही नभएको रिपोर्ट पाएपछि मानसिक समस्यामा परेँ,’ उनले भने ।
त्यसपछि उनी नोबल अस्पताल पुगेका थिए । नोबेलका स्वास्थ्यकर्मीले विराटनगर अस्पताल जान सुझाव दिए । ‘विराटनगर अस्पतालमा गएर भिडियो एक्स–रे गर्दा १७.१ एममको पथरीया रहेको रिपोर्ट दियो,’ उनले भने, ‘दुईवटा ल्याबले दिएको रिपोर्ट फरक–फरक आएपछि पुनः सरकारी अस्पताल कोशीमा गएँ ।’
कोशीमा गराएको रिपोर्टमा २०.१ एमएमको पथरीया पिसाब नलीमा रहेको ल्याब रिपोर्टमा आएको उनले बताए । ‘यसरी ल्याबै पिच्छे फरक–फरक रिपोर्टले हैरानी मात्र पाइँन मानसिक समस्या झेल्नु परेको छ,’ अस्पतालका ल्याबले दिएको रिपोर्ट हेर्दै उनले भने, ‘अब कुन ल्याबले दिएको रिपोर्टलाई आधार मानेर थप उपचार गर्नु । मत हैरानीमा परेको छु ।’
५५ वर्षीया मनुदल लम्सालले २६ जेठमा लाइफगार्ड अस्पतालमा थाइराइडको जाँच गरिन् । २६ जेठमा गरेको स्वास्थ्य परीक्षण गर्दा लाइफगार्डमा थाइराईको रिपोर्ट १२.९७ आयो । अस्वभाविक रूपमा थाइराइड बढेपछि उनले अर्को ल्याबमा परीक्षण गर्ने योजना बनाइन् । त्यसपछि विराट नर्सिङ होममा गइन् । उनले तहाँ गर्दा थाइराइड नर्मल ४.५ यूएलगू÷एमएल रहेको पाइएन् ।
वरिष्ठ प्यालोथोजिष्ट डा. श्रीपाद वालावलकरले क्वालिटी कन्ट्रोल गर्न नसक्दा फरकफरक रिपोर्ट आउने गरेको बताए । ‘क्वालिटी कन्ट्रोल रन गर्नुपर्छ । धेरै ठाउँमा गर्दैन । त्यसैले फरक फरक रिपोर्ट आउने गर्दछ,’ उनले भने ।
यता कोशी अस्पतालका रेडियोलोजी विभागका रेडियोलोजिष्ट डा. राजा सुवालले कतिपय अल्ट्रासाउण्ड गर्दा खाना खाएर विरामी आउँदा ग्याँसको कारणले पनि सही रिपोर्ट नआउने गरेको बताए । ‘भिडियो एक्स–रे गराउनुभन्दा अगाडि पिसाब नफालेका कारणले गर्दा पनि रिपोर्ट सही नआउन सक्छ,’ उनले भने, ‘त्यही भएर अल्ट्रासाउण्ड गर्दा सबै कुरा विचार पु¥याएर गर्नुपर्दछ ।’