कुकुरको क्रूरतापूर्वक हत्या गरी सामाजिक सञ्जालमा पोस्ट गर्ने तीन युवा प्रहरी नियन्त्रणमा

इलाम । कुकुरको क्रूरतापूर्वक हत्या गरी सामाजिक सञ्जालमा पोस्ट गर्ने तीन युवालाई इलाम प्रहरीले सार्वजनिक गरेको छ ।

इलामको देउमाई नगरपालिका देउमाई नगरपालिका–९, जितपुरका २१ वर्षे दीक्षान्त मोरोहाङ लिम्बू, सोही ठाउँका १७ वर्षे संगम लिम्बू र अर्का १७ वर्षे अशोक लिम्बूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

गत जेठ ३२ गते सामाजिक सञ्जाल ‘भुत प्रेत’ नामक पेजमा एउटा कुकुरलाई लाठ्ठीले बारम्बार प्रहार गरी क्रूरतापूर्वक निर्मम तरिकाले हत्या गरी खाल्डामा गाढेको भिडियो सार्वजनिक गरिएको थियो ।

यसरी कुकुरको हत्या गर्नेविरुद्ध पशु कल्याण संघ नेपालले ‘पशुपंक्षीसम्बन्धी कसुर’अन्तर्गत इलाम प्रहरीमा जाहेरी दरखास्तसमेत दिएको थियो ।

सोमबार, ०४ असार, २०८१, रातीको ०८:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर