कोशी नाम खारेजी, पूनःनामांकन संयुक्त सङ्घर्ष समितिले मुख्यमन्त्रीसँगमात्रै वार्ता गर्ने

विराटनगर । कोशी नाम खारेजी, पूनःनामांकन संयुक्त सङ्घर्ष समितिले मुख्यमन्त्रीसँग मात्रै वार्ता गर्ने भएका छन् । मुख्यमन्त्रीको नेतृत्वमा मात्र दलका नेताहरू सहितको वार्ता टोलीसँग गर्न सकिने उनीहरूले बताएका हुन । ताप्लेजुङमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो । ताप्लेजुङमा बसेको बैठकले नयाँ चरणको आन्दोलन आउँदो मङ्सिर २ गते देखी गर्ने समेत निर्णय गरेका छन् ।

बैठकपछि जरी विज्ञप्तिमा भनिएको छ ‘प्रदेश सरकारले गठन गरेको तथाकथित राजनीतिक तथा शान्ति वार्ता टोलीको सम्बन्धमा कोशीका प्रस्तावक राम राना मगरकै नेतृत्वमा वार्ता टोली गठन गर्नु खेदजनक छ। निष्कर्षमा पुग्ने गरी वार्ता गर्ने हो भने बहुमत पुग्ने गरी अस्तित्वमा रहेका दलका नेताहरू सहितको मुख्यमन्त्रीको नेतृत्वमा मात्र वार्ता गर्न सकिने निर्णय गरियो ।’

समितिको बैठक असार १ र २ गते ताप्लेजुङको फुङलिङ बजारमा प्रमुख घटक किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेनको सभापतित्वमा बसेको जनाइएको छ ।

वक्तव्यमा नयाँ चरणको आन्दोलन मङ्सिर २ गते देशी सुरु गर्ने उल्लेख गरिएको छ । ‘प्रदेश सरकार र सभाले हालसम्मको आन्दोलनलाई आवश्यक ध्यान नदिएको कारण कोशी नाम खारेजी आन्दोलनलाई घनिभूत तयारीको साथ २०८१ मङ्सिर २ गते आइतबार विराटनगरमा विशाल जनप्रदर्शन सहित नयाँ चरणको आन्दोलन सुरु गर्ने निर्णय गरिएको छ’ जारी गरिएको वक्तव्यमा भनिएको छ । ।’

समितिले ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल मुक्कुमलुङ पाथीभरामा प्रस्तावित केबलकार निर्माणको विरोध गर्ने समेत निर्णय गरेको छ । मुन्धुम स्थल मुक्कुमलुङ माथि भएको सांस्कृतिक अतिक्रमण र केबलकार निर्माण खारेजीको लागि हाल सङ्घर्षरत मुक्कुमलुङ ताङसीप फाःसिङसंगै प्रदेश नं १ संयुक्त सङ्घर्ष समितिले संयुक्त सङ्घर्ष गर्ने निर्णय गरिएको जनाइएको छ ।

सोमबार, ०४ असार, २०८१, साँझको ०६:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर