मुख्यमन्त्री कार्कीद्वारा बकर इदको शुभकामना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इदको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सोमबार बकर इदको अवसरमा कार्कीले स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमहरूमा सुख, शान्ति तथा समृद्धि र सुस्वास्थ्यको लागि शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीले बहुपहिचान, बुहुधार्मिक, सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच सुदृढ एकता रहेको कोशी प्रदेशमा बकर ईदले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रबद्र्धन सक्ने बिश्वास व्यक्त गरेका छन ।

बकर ईद इस्लाम समुदायको सबैभन्दा महत्वपूर्ण र विश्वभरका मुस्लिमहरुले मनाउने इस्लामिक चाड भएकाले यो पर्बले कोशी प्रदेश मात्रै नभएर देशभर एबम् बिदेशमा समेत मौलिक संस्कृति र परम्परा संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने कार्कीले बताए ।

उनले शुभकामना सन्देशमा भनेका छन् , ‘बहुपहिचान, बुहुधार्मिक, सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच सुदृढ एकता रहेको कोशी प्रदेशमा बकर ईदले हामीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रबद्र्धन सक्ने बिश्वास लिएको छु । यो पर्वले कोशी प्रदेश मात्रै नभएर देशभर एबम बिदेशमा समेत मौलिक संस्कृति र परम्परा संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने छ ।’

विभिन्न धर्मावलम्बीहरूले मनाउने यस्ता चाडपर्वका माध्यमबाट विभिन्न जातजाति, समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संर्वद्धन हुनुका साथै जातीय, धार्मिक, सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुनेमा मुख्यमन्त्री कार्कीले विश्वास व्यकत गरेका छन् ।

भौगोलिक, जातीय र सांस्कृतिक विविधता नेपाली समाजको मौलिक पहिचान भएको बताउँदै उनले विविधता भित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान पुर्याउने बताए । ।

सोमबार, ०४ असार, २०८१, बिहानको ०९:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर