सेन्ट्रल मलमा अब टाइटान घडी

विराटनगर । विराटनगर स्थित सेन्ट्रल मलमा शनिवार देखि भारतीय ब्राण्डको टाइटन घटीको अधिकारी बिक्रि केन्द्र सञ्चालन भएको छ । घडी बजारमा विश्वव्यापी ब्रान्ड टाइटानले बिक्री केन्द्र (सोरुम) सञ्चालनमा ल्याएको हो । सेन्ट्रलमलमा सञ्चालनमा आएको सो घटीको सोरुम संगै नेपालमा चौथैं सो रुम हो । विराटनगरस्थित सेन्ट्रल मलको भुँई तलामा सोरुम सञ्चालनमा आएको हो ।

सोरुमको उद्घाटन सेन्ट्रल बजारकै सञ्चालक समुहका राकेश जैन, टाइटानका सार्क क्षेत्रीय अन्तर्राष्ट्रिय बजार प्रमुख बसन्त वासुदेवन र रिटेल अपरेशनल प्रमुख जितेन्द्र सिन्हाले संयुक्त रुपमा गरेका छन् ।सोरुममा टाइटानको एक हजार वटा मोडलका घडीहरू रहने जनाइएको छ । १२ सय देखि हजारदेखि ४० हजार रुपैयाँसम्मका घडीहरू बिक्रीका लागि राखिएको जैनले बताए ।

सन् १०८७ देखि घडी उत्पादन गरेर विश्वव्यापी बनेको टाइटानले नेपालमा भने चौथो सोरुमका रुपमा विराटनगरमा शाखा विस्तार गरेको जनाइएको छ । हाल धरान, काठमाडौं र ललितपुरमा टाइटान घडीको आधिकारिक बिक्री केन्द्र रहेको जनाइएको छ ।

यस घडी कम्पनीले हरेक वर्ष १ करोड ७० लाख वटा घडीहरू उत्पादन गरी बिक्री गर्दै आएको छ । सेन्ट्रल मलमा खोलिएको घडी बिक्री केन्द्रमा शनिबारदेखि २५ दिनका लागि २५ प्रतिशत छुटको व्यवस्था गरिएको जनाइएको छ ।

घडी खरिद गर्ने उपभोक्तालाई टाइटानले उत्पादन गरेको परफ्युम उपहार दिइने बिक्री केन्द्रका सञ्चालक जैनले बताए ।सो क्पनीले घटी संगै चेस्मा , पर्स रवाईलेट उत्पादन गरिदै आएको छ ।

जैनले बच्चादेखि वयस्कसम्मलाई मध्यनजर गरेर कम्पनीले घडीका मोडेलहरू तयार पारेको र अहिले १ दशमलव १५ एमएम पातलो घडी समेत विराटनगरको सोरुममै बिक्रीका लागि राखिएको जानकारी दिए ।

आइतबार, ०३ असार, २०८१, बिहानको ०९:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर