दुई छोरालाई विष खुवाएपछि आमाले पासो लगाइन्, तीनै जनाको मृत्यु

विर्तामोड । झापामा एक महिला दुई बालक छोरासहित मृत फेला परेकी छन् ।

शिवसताक्षी नगरपालिका–३ भोटेपुलकी २५ वर्षीया अन्जली बेस्रा र उनका दुई छोरा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

घरभित्रै बेडमा उनका छोराहरू ८ वर्षका विशाल बेस्रा र २ वर्षका आयुष बेस्रा पनि मृत फेला परेका हुन् । मृतक अन्जलीका पती रोजगारीका लागि कतारमा छन् ।

मृतक महिला सलले पासो लागेर घरभित्रै झुण्डिएको अवस्थामा फेला परेकी हुन् । दुई छोरालाई विष सेवन गराएको र त्यसपछि आफू झुण्डिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

मृतक दुई छोराले बमिट गरेको र त्यसमा विषको जस्तो गन्ध आइरहेको पनि डीएसपी चन्दले जानकारी दिए । घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ ।

शुक्रबार, ०१ असार, २०८१, दिउँसोको ०३:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर