मनसुन कोशी प्रदेशमै सक्रिय, आज बिहानैदेखि मेघगर्जन चट्याङ्गसहित वर्षा

विराटनगर । कोशी प्रदेशका एक–दुई स्थानमा आज बिहानैदेखि मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा मधेश प्रदेशसहित देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू(भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
गत सोमबार यो वर्षको मनसुन नेपाल भित्रिएको थियो । पूर्वी नेपालबाट नेपाल भित्रिएको मनसुन अझै पनि कोशी प्रदेशमै बढी सक्रिय छ । देशभर फैलिन सकेको छैन । मनसुन देशभर फैलिन अझै कही दिन लाग्ने महाशाखाले जनाएको छ ।

 

 

शुक्रबार, ०१ असार, २०८१, बिहानको ०८:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर