कानुन निर्माण गर्दा सबै गम्भीर हुनुपर्छ : मुख्यमन्त्री कार्की

दमक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रभाबकारी कानून बनाउने काम सहज नभएको बताएका छन् ।

कानून बनाउने काम गम्भीर रहेको भन्दै मुख्यमन्त्री कार्कीले त्यस प्रक्रियामा शब्द–शब्दमा ध्यान दिन आवश्यक रहेकोमा जोड दिए ।

प्रदेश सभा सचिवालयले बुधबार झापाको गौरादहमा आयोजना गरेको प्रदेश तथा स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वनयको अवस्था विषयक कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कानून निर्माण गर्दा देशको संविधान र संघीय कानुनलाई ध्यान दिनुपर्ने बताए । कतिपय स्थानीय र प्रदेश सरकारले बनाएका कानून संविधानसँग बाझिने गरी आएको स्मरण गर्दै उनले संविधान अध्यन गरेर आवश्यक कानुन बनाउन जोड दिए ।

मुख्यमन्त्री कार्कीले कानून पढेर मात्रै कानून बनाउन नजानिने भन्दै कानून निर्माणको लागि संघीयतामा आएको पछिल्लो ६–७ वर्षको समय पर्याप्त रहेको उल्लेख गरे । सुशासनका लागि पनि कानून अतिअवाश्यक भएकोले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । कानून बनाएपछि राजश्व उठाउन समेत सहज हुने र त्यसले स्थानीय तह र प्रदेश सरकारलाई समेत विकास निर्माणका लागि बजेट विनियोजन गर्न सहज हुने मुख्यमन्त्री कार्कीले बताए ।

कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले स्थानीय तहलाई कानून निर्माणका लागि सहयोग गर्न तयार रहेको बताए ।

बुधबार, ३० जेठ, २०८१, साँझको ०५:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर