विराटनगर । जनमत पार्टीका सांसद सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंह मुख्यमन्त्री नियुक्त भएका हुन् । सिंहले जनमतका साथै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका ५५ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएर पदमुक्त हुँदा प्रदेश प्रमुखले त्यहि दिन नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न आजसम्मको समय दिएकी थिइन् । नवनियुक्त मुख्यमन्त्री सिंहले केहीबेरमा शपथ लिनेछन् । मुख्यमन्त्रीको आजै सपथग्रहण हुनेछ ।