विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजानमा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा नेपाल प्रहरी तथा यातायात व्यवसायीकाबीचमा अन्तरक्रिया गर्दै कार्यक्रम सम्पन्न भएको हो । मोटर बीमाका विषयमा भएका ऐन कानुनका विषयमा जानकारी गराउने उद्देश्य साथै सुझाव समेत संकलन गर्ने उद्देश्यका साथकार्यक्रम गरिएको प्राधिकरणले जनाएको छ । अन्तरक्रिया कार्यक्रममा यातायात व्यवसायीहरूले बीमा भुक्तानीका लागि विभिन्न समस्या झेल्नु परेको बताए । यातायात व्यवसायी हरी थापाले संघ र प्रदेशको ऐन, कानुन फरक–फरक हुँदाबीमाभुत्तानीकालागि धेरै नै झन्झट व्यहोर्न बाध्यहुनुपरेको बताए । बीमा कम्पनीहरूले अनेकन दुःख दिएका कारण भुक्तानीमा समस्या भइरहेकाले यसको समाधानका लागि प्राधिकरणले विशेष भुमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
नेपाल बीमा व्यवसाय समाजका अध्यक्ष खड्ग श्रेष्ठले नियमनकारी निकायले बनाएको ऐन, कानुनलाई आधार मानेर बीमाकम्पनीहरूले कामगर्ने गरेको बताए । बीमाकम्पनीहरूले दुर्घटना भएको अवस्था हेरेर कानुनअनुसार क्षतिपूर्ति दिने गरेको उनले बताए । साना र ठूला सवारी दुर्घटनाको हकमाभने केही समस्या रहेको र सम्बन्धितपक्षले यस विषयमा स्पष्ट ऐन ल्याउनआवश्यकभएको उनको भनाइ थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले बीमाकम्पनीहरूले धेरै बदमासीगर्ने गरेकाहुँदायसलाई सुधार गर्न आवश्यक रहेको बताए । यसरी प्राधिकरणले सबैलाई एकै ठाउँमा राखेर छलफल तथा अन्तरक्रियागर्दा बीमा क्षेत्रमा भएका समस्यालाई पहिचानगर्दै समाधानका उपायहरू पहिल्याउन सजिलो हुने उनले बताए । उनले सवारी दुर्घटना न्यूनीकरण गर्न बीमाप्राधिकरण, बीमाकम्पनी, प्रहरी, यातायातव्यवसायीलगायतले हालेमालो गरेर अगाडी बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले छलफलका क्रममा उठेका समस्याहरूलाई सबैले मिलेर समाधानगर्नुपर्ने बताए । यातायात व्यवसायी, बीमा कम्पनी, बीमा प्राधिकरण, प्रहरी जसका कारण बीमा भुक्तानीमा समस्याभएका भएपनि आगामी दिनमा सुधार गर्दै लानुपर्ने उनले बताए ।