विराटनगर । कोशी प्रदेश नेपाली काङ्ग्रेस संसदीय दलको बैठकले आजबाट प्रदेशसभाको बैठकमा सहभागी हुने निर्णय गरेको छ ।
दलका नेता उद्दब थापाले पत्रकार सम्मेलन गरि निर्णय सार्वजनिक गरेका हुन् । थापाले जारी गरेको विज्ञप्तिमा सरकार गठन प्रक्रिया अवैधानिक भएको भन्ने नेपाली काँगेस कोशी प्रदेश संसदीय प्रस्तुत गर्दै आएको धारणा यथावत रहेको उल्लेख छ ।
अदालती प्रक्रियाबाट उक्त मुद्दा टुंग्याउन अनिश्चित समय लाग्ने देखिएको कारण प्रदेशमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम एवं बजेट पनि प्रस्तुत गर्ने समय सिमालाई मध्यनजर गरि दलले बैठकमा सहभागी हुने निर्णय गरेको थापाले बताए । ूमुलुकको वर्तमान राजनीतिक परिस्थितिमा जनताको जनजीविकाको सवालहरु प्रदेश सभामार्फत सम्बोधन गर्नुपर्ने विषयलाई प्राथमिकतामा राख्दै प्रदेशको विकास निर्माण र सम्वृद्धिका लागि सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेट जनहितमा छ, छैन भनि खबरदारी गर्नुपर्ने महत्वपूर्ण सवाल र समयलाई समेत आत्मासाथ गर्दै दल प्रस्तुत हुनुपर्ने ठहर गर्दछ,झ विज्ञप्तीमा उल्लेख छ, ञअदालतमा विचारधीन मुद्धामा दलले प्रस्तुत गर्दै आएको धारणा र दृष्टिकोणलाई कानुनी आधारमा पुष्टि गर्ने दृढ सङ्कल्पका साथ संसदीय प्रद्दति र प्रणालीबाट नै समस्याको समाधान खोज्ने र जनताका आवाजहरु मुखरित गर्ने निष्कर्ष निकाल्दै प्रदेश सभा बैठकमा सहभागी हुने निर्णय गर्दछ ।झ
संसदीय दलको बैठकमा सहभागी भएका काङ्ग्रेस प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले जनताको मुद्दालाई विधिसम्मत उठाउनका लागि यस्तो निर्णय गरिएको जानकारी दिए ।