विराटनगर ।आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम कोशी प्रदेश सरकारले स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो ।
बैठकले सोमबार अपरान्ह ४ बजे बस्ने प्रदेश सभा बैठकलाई सम्बोधन गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।
यसैगरी बैठकले महालेखा परीक्षकको छैटौं प्रतिवेदन प्रदेश सभामा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
यसअघि सहरी विकास तथा भवन कार्यालयलाई रकम निकासा बठाउने भनि निर्णय गरेको खेल पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि स्थानीय तहलाई रकम पठाउने निर्णय गरेको प्रवक्ता अधिकारीले जानकारी दिए ।
प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको कांग्रेस सोमबारको प्रदेश सभाको बैठकमा भने सहभागी हुने भएको छ।
आजदेखि प्रदेश सभा बैठकमा सहभागी हुने नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताए ।