पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला साउन १३ गते हुने

काठमाडौं ।  पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला साउन १३ गते हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जेठ १ देखि हेर्दा हेर्दैमा राखेर सुनुवाइ गरेको थियो । उक्त मुद्दामा आज अन्तिम सुनुवाइ भएको छ ।

असार २१ भित्र बहस नोट पेस गर्न र साउन १३ गते फैसला हुने आदेश गरेको हो ।

आइतबार, २० जेठ, २०८१, साँझको ०६:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर