नेकपा एमाले सुनसरीको अध्यक्षमा खनाल निर्वाचित

विराटनगर । नेकपा एमाले सुनसरीको अध्यक्षमा निलम खनाल निर्वाचित भएका छन् । बुधवार सम्पन्न अन्तिम परिणाम अनुसार ९६ मतान्तरले खनाल विजयी भएका हुन् ।

खनालले ३ सय ८३ मत प्राप्त गरेका थिए भने अर्का उम्मेदवार खेमराज पोखरेलले २ सय ८७ मत पाएका थिए ।

उपाध्यक्षमा खनाल टिमका परशुराम यादवले ३ सय ३२ मत ल्याएर विजयी भएका छन् । उनले प्रतिस्पर्धी नन्द बस्नेतलाई तीन मतान्तरले पराजित गरेका हुन ।
यादवले ३ सय ३२ ल्याउँदा बस्नेतले ३ सय २९ मत ल्याएका छन् ।

सचिवमा पनि खनाल पक्षकै राम कोइराला विजयी भएका छन् । उनले प्रतिस्पर्धी पदम लिम्बूलाई १ सय १७ मतले पछि पार्दै निर्वाचित भएका हुन् । कोइरालाले ३ सय ८७ मत ल्याउँदा लिम्बूले २ सय ७० मत मात्र ल्याए ।

उपसचिव महिलामा इन्द्रकला राई निर्वाचित भएकी छन् । उनले कमला मगरलाई २ सय ४७ मतले पछि पारिन ।

राईले ४ सय ३८ मत ल्याउँदा मगरले १ सय ९१ मत मात्र ल्याइन् । उपसचिवमा देवानन्द मेहतालाई १ सय ८८ मतले पछि पार्दै यामकुमार सुब्बा विजयी भएका छन् ।

सुब्बाले ३ सय ८५ मत ल्याउँदा मेहताले १ सय ९७ मत मात्र ल्याएका छन् । निर्वाचित अध्यक्ष तथा पदाधिकारीमा खनाल गुटका हुन । खनाल गुटलाई स्थायी कमिटी सदस्य शेरधन राई लगायतका नेताको समर्थन रहेको थियो भने पोखरेल गुटलाई भीम आचार्य लगायतका नेताको साथ रहेको थियो ।

बिहिबार, १० जेठ, २०८१, बिहानको १०:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर