तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि वाइआरसीसी क्रिकेट क्लबलाई

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि वाइआरसीसी क्रिकेट क्लबले जितेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा वाइआरसीसीले होराइजन क्रिकेट क्लबलाई २०० रनको फराकिलो अन्तरले हरायो । जितसँगै वाइआरसीसीले १ लाख ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्याे भने उपविजेता होराइजनले ७५ हजार रुपैयाँ पायो।

वाइआरसीसीका देव खनालले आक्रामक शतकीय पारी खेले। उनले ३४ बलमा ११२ रन बनाए जसमा १२ छक्का र ८ चौका समावेश छन्। नारायण जोशीले १६ बलमा ४९ रन जोडे भने अभिषेक पाठकले १८ बलमा ३३ रन बनाए ।

लक्ष्य २४७ रनको पछ्याउँदै होराइजनले ७.१ ओभरमा सबै विकेट गुमायो र केवल ४६ रन मात्र बनायो। वाइआरसीसीका हेमन्त धामीले आक्रामक बलिङ गर्दै ३.१ ओभरमा १६ रन खर्चेर ७ विकेट लिए।प्रतियोगितामा देव खनाल बेस्ट ब्याटर, होराइजनका श्रवर्ण किस्कु बेस्ट बलर, वाइआरसीसीका अभिषेक पाठक म्यान अफ द सिरिज र हेमन्त धामी प्लेयर अफ द म्याच घोषित भए।

बिजेताहरुलाई कोशी प्रदेशको सामाजिक विकास मन्त्री पाँचकर्ण राई, राज्यमन्त्री सृजना राई, खेलकुद विकास बोर्डका सदस्य सचिब पर्शुराम बस्नेत, मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका अध्यक्ष मुररी चौधरीले बितरण गरेका थिए ।

मिल्स क्रिकेट क्लब एण्ड एकेडेमी र नेपाल खेलकुल महासंघको आयोजनामा वैशाख २८ गतेबाट सुरु भएको प्रतियोगितामा नेपालको १० र भारतको ६ टिम गरी १६ टिमको सहभागि रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

मङ्गलबार, ०८ जेठ, २०८१, साँझको ०६:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर