काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन खुकुलो बनाउने चर्चाकाबीच आजै थप १७ जना कोरोना संक्रमित भेटिएका छन् ।
उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।
संक्रमितहरु सबै वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनु भयो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।