विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयाेजनका लागि बाेलाईएकाे प्रदेशसभाकाे बैठक सुरू भएकाे छ ।
वैशाख २७ गते संविधानकाे धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।
कार्कीलाई एमालेका ३९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ मध्ये ३ र जसपाकाे १ सांसदले मत दिने तयारी गरेका छन् । समाजवादीका नेता राजेन्द्र राई भने बैठकमा अनुपस्थित छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ ।
उता, नेपाली काँग्रेस भने प्रदेशसभा बैठकमा सहभागी छैन । मुख्यमन्त्री नियुक्तिको विरुद्ध अदालतमा रिट दिएकोले त्यसको किनारा नलगाई विश्वासको मत लिन लागेको प्रक्रियामा सहभागी नभएको काङ्ग्रेसले जनाएको छ ।
प्रतिपक्षी दलकाे तर्फबाट प्रदेशसभामा राप्रपा भने उपस्थित भएकाे छ । उसले बिश्वासको मत सम्बन्धि प्रस्ताबमा भने तठस्थ बस्ने जनाएको छ ।