मुख्यमन्त्री नियुक्तिको लागि प्रदेश सभा सदस्यहरुको सनाखत सुरु

विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका सांसदहरूलाई सनाखत गराउन सुरु गरेका छन् ।

कार्कीलाई संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री बनाउन हस्ताक्षर बुझाएका सांसहरुको सनाखत सुरु भएको हो

एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री बनाउन माग गर्दै एमालेका ३९ र माओवादीका १३ सहित ५२ सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । सांसदहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचय पत्रसहित सनाखतका लागि प्रदेश प्रमुख कार्यालयमा बोलाइएको छ ।
अहिले सनाखत भैरहेको छ । सनाखतपछी कार्की मुख्यमन्त्रीमा नियुक्त हुनेछन् भने आजै सपथ गराउने तयारी छ ।
बिहिबार, २७ बैशाख, २०८१, दिउँसोको ०१:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर